बेलौरी-३ का वडाध्यक्ष रिजालको निधन

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको निधन भएको छ ।

केही महिनायता फोक्सोसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष रिजालको गएराति १२:३० बजे आफ्नै निवासमा निधन भएको उनको परिवारिक श्रोतले जनाएको छ ।

२०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा उनी नेकपा (एमाले) बाट वडाध्यक्ष पदमा पराजित भएका थिए भने त्यसपछि २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

उनकी श्रीमती डिल कुमारी रिजालको २०७९ सालको स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो ।

वडाध्यक्ष रिजालको आजै दिउँसो बेलौरी स्थित भकुण्डा आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।

Dhangadhi 2081
Loading...