धनगढी : कैलालीको धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा लगाइएका झण्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् ।
भोलिदेखि सुरू हुने नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन गर्न कांग्रेस सभापति देउवासहितका नेताहरू धनगढी आउने भएपछि नेविसंघका विद्यार्थीहरुले सडक क्षेत्रमा पार्टीका झण्डा राखेका थिए ।
तर ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक-२०८१’ को विरोध गरिरहेको विद्यार्थीहरूले विरोध स्थल नजिकै लगाइएका झण्डा हटाएका हुन ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सोही ठाउँमा सडकको डिभाइडरमा लगाइएका झण्डा हटाएका हुन ।
उनीहरूले झण्डा हटाएपछि नेविसंघका विद्यार्थीले विरोध गरेका थिए । त्यसक्रममा केहीबेर सडक अवरुद्ध समेत भएको थियो ।
