कैलालीको चुरेमा जिप दुर्घटना, एक जनाको मृत्यु

३ जना घाइते

अत्तरिया : कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिवार जिल्लाको चुरे गाउँपालिका-५ निङलाडी स्थित भीमदत्त राजमार्गमा जिप दुर्घटना हुँदा चालक डोटीको सायल गाउँपालिका-४ भाङयारे बस्ने २२ वर्षीय शंकर बोगटीको मृत्यु भएको हो ।

डोटी दिपायलबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १५२२ नम्बरको जिप आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका-१ बस्ने २१ वर्षीय हिमाल खडका, सोही ठाउँ बस्ने २१ वर्षीय सुरेश खडका र सायल गाउँपालिका-६ बस्ने १६ वर्षीया कविता साउद रहेका छन् ।

उनिहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको छ । जिप सडकबाट अन्दाजी १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Dhangadhi 2081
Loading...