अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-३ मा रहेको चौकिडाँडा महिला सामुदायिक बन उपभोक्ता समुहले विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेको छ । शनिबार ११५औ अन्तरराष्ट्रि/राष्ट्रिय महिला दिवसको अवसरमा सामुदायिक बनले विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेको हो ।
सामुदायिक बनकी सचिव रिया धामीको सभापतित्वमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया प्रमुख अतिथि रहेकी थिईन। महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न खेलहरु पनि खेलाईएको थियो ।

महिलाहरुनै सहभागि उक्त खेलहरुमा विजयी खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको थियो । कार्यक्रममा घैटो फुटाउने खेल, चम्चा दौड, स्याउ खाने खेल तथा अण्डा खाने खेल खेलाईएको सामुदायिक बनका अध्यक्ष पदम भट्टराईले जानकारी दिए । उनले सामुदायिक बनमा महिला उपभोक्ताहरुनै भएकाले उनिहरुको चाहना र माग बमोजिम महिला दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको बताए ।
औपचारीक कार्यक्रमको समापन पश्चात कार्यक्रममा सहभागि महिलाहरुले देउडा खेल पनि खेलेका थिए । कार्यक्रमको सञ्चालन सामुदायिक बन उपभोक्ता समुहका उपाध्यक्ष महेश बिष्टले गरेका थिए ।
२०६२ सालमा स्थापित करिब ३११ हेक्टरमा फैलिएको यस बनमा करिब २ हजार उपभोक्ताहरु आबद्ध रहेका बनका अध्यक्ष पदम भट्टराईले जानकारी दिए ।