अत्तरियाको रामजानकी मन्दिरको अध्यक्षमा पुनः चटौत

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१ भरतपुर अत्तरियामा रहेको रामजानकी मन्दिर सेवा समितिको अध्यक्षमा पुनः पीआर चटौत चयन भएका छन् ।

शनिवार सम्पन्न समितिको ८औँ वार्षिक चुनावी साधारण सभाबाट चटौत पुनः दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन । चटौतको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा देवकी भट्ट, सचिवमा तिलक प्रसाद भट्ट, कोषाध्यक्षमा भोजराज भट्ट, सह-सचिवमा गोविन्द बहादुर बिष्ट निर्विरोध निर्वाचित भएका छन् ।यस्तै सदस्यहरूमा धिरेन्द्र कुमार शाही, कृष्ण ब.बोहरा, हरिना देवी भट्ट, विष्णु भट्ट, तेजराज कापडी, लाल ब. चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

मन्दिर सेवा समितिले गोपालदत्त भट्टको संयोजकत्वमा सल्लाहकार समिति चयन गरेको छ । जसको सदस्यमा रामचन्द्र अवस्थी, बम बहादुर शाह, प्रताप महरा, कामदेव जोशी र रोहित जोशी रहेका छन् ।

शनिवार सुदूरपश्चिम प्रदेशसभाका सदस्य डा.तारा प्रसाद जोशीको प्रमुख आतिथ्यमा मन्दिरको वार्षिक साधारण सभा सम्पन्न भएको थियो । समितिका अध्यक्ष पीआर चटौतको अध्यक्षतामा भएको साधारण सभामा यस क्षेत्रका समाजसेवी, धार्मिक व्यक्तित्व लगायत समितिमा आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो।

साधारण सभामा आजीवन सदस्यता कार्ड समेत वितरण गरिएको थियो । साधारण सभामा मन्दिरको बृहत्तर विकासमा विशिष्ट योगदान पु-याउने धनगढी उपमहानगरपालिका-५ का जीवन प्रसाद जोशीलाई सम्मान गरिएको थियो ।

Dhangadhi 2081
Loading...