बाजुरा : बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आइतबार राती खप्तड छेडेदह गाउँपालिका-५ चिराल्नामा डोगडीबाट बुढिगंगा तर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक बुढिगंगा नगरपालिका-४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको मृत्यु भएको हो ।
ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरको ट्रली मुनी च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दुर्घटनामा चालकको छोरा १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी ले जनाएको छ ।
