अछाममा माटो खन्ने क्रममा पुरिँदा दुई महिलाको मृत्यु

अत्तरिया- अछाममा माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिँदा दुई महिलाको मृत्यु भएको छ ।
जिल्लाको मंगलसेन नगरपालिका–८ सुतुडा बाडीकी अन्दाजी २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया विनिता बोहराको माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोमा पुरिँदा मृत्यु भएको हो ।

सोमबार दिउँसो वडा नम्बर ९ ओली गाउँ रातोमाटेमा घर पोत्ने माटो निकाल्ने क्रममा अचानक उनीहरुमाथि माटोको ढिस्को खस्दा पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनीहरु जेठानी देउरानी रहेको जनाएको छ ।

चैते दशैंको समयमा घर लिपपोत गर्नका लागि सो क्षेत्रमा महिलाहरू नियमित रूपमा रातो माटो खन्न जाने गर्दछन ।

Dhangadhi 2081
Loading...