अत्तरियामा विद्युतका कर्मचारीमाथि खुकुरी प्रहार गर्ने एक जना पक्राउ

अत्तरिया : कैलालीको अत्तरियामा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय धनगढी वितरण केन्द्र अन्तर्गत अत्तरिया नो लाईट सेवामा फोर म्यानका रूपमा कार्यरत सुन्दरलाल चौधरीमाथि खुकुरी प्रहार गरेको आरोपमा मार्टेन भनिने २० वर्षीय प्रविन शाही पक्राउ परेका हुन ।

उनलाई सोमबार गेटा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ गरिएका मार्टेनलाई अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ ।

चौधरीमाथि फागुन २२ गते कार्यालय परिसरमै खुकुरी प्रहार भएको थियो । तीन मोटरसाइकलमा आएका ६ जनाको समूहले चौधरीमाथि खुकुरी प्रहार गरेको थियो। अन्यको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएका चौधरीको काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ ।

Nabadurga Sunchadi
Loading...