अत्तरियाबाट लागुऔषध सहित ४ जना पक्राउ

अत्तरिया : कैलालीको अत्तरियाबाट लागुऔषध ४ जना पक्राउ परेका छन । गोदावरी २ अत्तरियास्थित बसपार्कनजिक रहेको डोटी बैतडी होटलबाट प्रहरीले २ महिला र १ पुरुषलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दार्चुलाको शैल्यशिखर नगरपालिका-२ का अन्दाजी २१ वर्षिय सागर ठगुन्ना, बझाङ घर भई हाल गोदावरी-२ बस्ने अन्दाजी ३५ वर्षिय अनु मल्ल, र बाँके घर भई सोही वडामा बस्ने अन्दाजी २५ वर्षिय ट्विङकल शाह रहेको ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाले जनाएको छ ।

कार्यालयको अपराध अनुसन्धान शाखाबाट खटि गएको प्रहरी टोलीले उनिहरु बसिरहेको होटलको कोठामा चेकजाँच गर्दा ठगुन्नाको साथबाट र कोठाको खाटमुनिबाट गरी १ ग्राम ४६० मिलिग्राम लागुऔषध फेला परेको बताईएको छ । पक्राउ परेका तिनै जना माथी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यस्तै गोदावरी-७ हरैयाका ३२ बर्षिय बिरू शाह लागुऔषध सहित पक्राउ परेका छन् । सोमबार बिहान अत्तरिया स्थित लोटस गल्ली तर्फ सु.प.प्र.०१-०११ प ४०३२ नम्बरको स्कुटरमा गईरहेका शाहलाई चेकजाँच गर्दा लागुऔषध सहित पक्राउ गरेको हो ।

शाहले चलाईरहेको स्कुटर चेकजाँच गर्दा स्कुटरको डिग्गिमा हातमा लगाउने पन्जाभित्र कालो पलाष्टीकमा बेरी राखेको २ ग्राम १७० मिलिग्राम लागु औषध (हरोईन) जस्तो धुलो पदार्थ वरामद गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीहरुलाई प्रकाउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Dhangadhi 2081
Loading...