धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँको निवासबाट प्रेस चौतारी, कैलालीले होली कार्यक्रम सुरु गरेको छ । प्रदेश प्रमुख मियाँले टीका लगाएर होली कार्यक्रमको शुभारम्भ गरेका हुन । उनले चौतारीको होली कार्यक्रम सफलताको शुभकामना दिएका छन् ।
प्रेस चौतारी नेपाल, कैलालीले तीन दिनसम्म होली खेल्ने अध्यक्ष जनक विष्टले बताए । संस्कृति सम्बद्धन र मौलिकता पर्बन्धन अभियान अन्तर्गत होली कार्यक्रमको सुरुवात गरिएको हो । कैलाली जिल्लाको टीकापुरदेखि धनगढीसम्म होली खेल्ने उनले बताए ।
बुधवार धनगढीबाट सुरु भएको होली कार्यक्रम फूलबारी, टीकापुर, बौनिया हुँदै सुखडसम्म पुग्ने छ । बिहिवार गौरीगंगा, गोदावरी नगरपालिका क्षेत्रमा प्रेस चौतारी कैलालीले होली खेल्ने छ भने शुक्रवार धनगढी क्षेत्रमा होली खेल्ने कार्यक्रम रहेको छ।
