अत्तरिया : धनगढीमा रहेको सौँराइ स्क्वायरले आयोजना गरेको ‘सौराइ नारी सम्मान २०८१’ सम्पन्न भएको छ । ११५औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सौँराइ स्क्वायरले विभिन्न क्षेत्रमा योगदान पु¥याएका ६ जना महिलाहरूलाई सम्मान गरेको हो ।
बुधबार सौँराइ स्क्वायरका प्रबन्ध निर्देशक उमेश विक्रम शाहको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का रहेकी थिईन् ।
सम्मानित हुनेमा व्यवसाय क्षेत्रबाट निर्मला सिंह, स्वास्थ्य क्षेत्रबाट शुलोचना अधिकारी, शिक्षा क्षेत्रबाट शान्ति भट्ट, कला क्षेत्रबाट शुसिला कार्की, सामाजिक क्षेत्रबाट लक्ष्मी बोगटी कुँवर र सञ्चार क्षेत्रबाट शारदा फुलारा रहेका छन् ।
सौँराइ नारी सम्मानको यो तेस्रो सिजन हो ।