अत्तरिया : नेकपा एमालेले शुरु गरेको वडा केन्द्रित जरा अभियान कैलालीको गोदावरीमा पनि व्यापक रुपमा जारी रहेको छ । नेताहरु वडामा पुगेर सरकारले गरिरहेका काम र पार्टीका अभियान बारे जानकारी गराइरहेका छन् ।
गोदावरीमा फागुनको १५ गतेबाट शुरु भएको अभियान नगरका ६ वडा वडाहरुमा सम्पन्न भएको नगर अध्यक्ष सन्तोष सिंहले बताए । उनले फागुन ७ र ८ गते दुई दिन प्रशक्षिण कार्यक्रमको आयोजना गरी १५ गतेबाट वडा नम्बर ६ बाट अभियान शुरु भएको बताए ।
अभियान कार्यक्रम अन्तर्गत वडा नम्बर ६, ३, १०, २, ५ हुदै बुधबार वडा नम्बर ४ मा कार्यक्रम सम्पन्न गरिएको छ । गोदावरीमा अब ६ ओटा वडामा कार्यक्रम गर्न बाँकी रहेको अध्यक्ष सिंहले जानकारी दिए । अभियान अन्तर्गत टोल कमिटि गठन गर्ने, कार्यक्रता र जनतालाई भेट्ने, पार्टिको सदस्यता नविकरण गर्ने, सदस्यता वितरण गर्ने लगायतका काम भइरहेको उनले बताएका छन् ।
नेताहरु हरेक वडामा पुगेर जनताका समस्या बुझ्ने र समाधानका उपायबारे छलफल गरिरहेका छन् । आगामी चैत सम्म जरा केन्द्रित अभियान जारी रहने भएको छ ।
