अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु By रेडियाे अत्तरिया On २०८१ फाल्गुन २९, बिहीबार १९:२९ अछाम : अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बिहिबार पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान भिरबाट लडेर ६८ वर्षीया बासु शाहिको मृत्यु भएको हो । बाख्रा चराउने क्रममा भिरबाट लडेर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।