अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१ अत्तरियामा रहेको संघीय कृषि उपज थोक बजार व्यवस्थापन समिति अत्तरियाको नयाँ कार्यसमिति चयन भएको छ।
समितिको बिहिबार भएको चुनावी सभाबाट अध्यक्षमा डिल्लीराज जोशी चयन भएका छन् । जोशी निवर्तमान समितिका सदस्य हुन् ।
समितिको सदस्यहरुमा जयराज पनेरु, तेजराज पनेरु, पदमराज रिजाल, एनिला चौधरी र धर्मराज कडेल चयन भएका छन् ।
संघीय कृषि उपज थोक बजार व्यवस्थापन समितिमा तीनजना कृषकबाट र तीनजना व्यवसायीबाट छनोट गर्नुपर्ने व्यवस्था रहेको छ । सोहि बमोजिम सर्वसम्मत कार्यसमिति चयन भएको हो ।
निर्वाचित जोशी गोदावरी-३ मालाखेतीमा रहेको मसरुम एग्रो एण्ड हर्वसका सञ्चालक हुन भने उनी बिभिन्न संघसंस्थामा आवद्ध रहेका छन् ।