अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-२ अत्तरिया स्थित गुरुकुल डान्स एण्ड फिटनेसले सुप समावेशी आधारभूत विद्यालयलाई सहयोग गरेको छ । गोदावरी-२ मा रहेको अपांगता भएका बालबालिका अध्ययनरत उक्त बिद्यालयलाई खाद्यान्न तथा शैक्षिक गरी करिब ७ हजार बराबरका सामाग्री सहयोग गरेको हो ।
आज (शनिबार) रविन कला केन्द्रका संस्थापक सदस्य सुरज शाहको प्रमुख आतिथ्यतामा आयोजना गरिएको एक कार्यक्रममा गुरुकुलका प्रशिक्षक हेमराज भट्ट लगायतको टिमले विद्यालयकी अध्यक्ष बिष्ना देवी बोहरालाई सामग्री हस्तान्तरण गरेका हुन् ।
सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयलाई उक्त सामग्री सहयोग गरिएको प्रशिक्षक भट्टले बताएका छन् । सामाग्री ग्रहण गर्दै विद्यालयकी अध्यक्ष बोहराले गुरुकुल डान्स एण्ड फिटनेस परिवारलाई धन्यवाद व्यक्त गरिन् ।
गुरुकुलका प्रशिक्षक भट्टले नयाँ बर्षमा पालिकासंग समुन्वय गरेर उक्त बिद्यालयमा स्वास्थ्य शिविरको आयोजना गर्ने पनि बताएका छन् ।
