अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-३ चौकिडाँडामा स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शनिवार राती ८ः३० बजेको समयमा अत्तरियाबाट गुलरिया तर्फ गइरहेको स्कारपियो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ का चालक सुदिप रानाको मृत्यु भएको हो ।
बा १७ च ९६४५ नम्बरको उक्त स्कारपियो दुर्घटना हुँदा गम्भीर घाइते भएका रानाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा राती नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाले बताए ।
स्कारपिओ अनियन्त्रित भएर राजमार्ग किनारमा रहेको एक घरमा ठोक्किएको थियो। स्कारपिओमा चालक मृतक राना र उनकी श्रीमती सवार रहेको प्रहरीले जनाएको छ । उनकी श्रीमतीलाई भने कुनैपनि चोटपटक नलागेको बताईएको छ ।
