धनगढी : कैलालीको भासु भीरमा कार दुर्घटना भएको छ । चुरे गाउँपालिका-५ मा पर्ने भासु भीरमा आइतबार बिहान सुपप्र ०१००२ च १०६२ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुुर्घटनामा कारमा सवार गोदावरी नगरपालिका-२ बस्ने २४ वर्षीया निर्मला नाथ घाइते भएकी प्रहरीले जनाएको छ । उनको अत्तरियामा उपचार भइरहेको छ ।
कार चालक नगरपालिका-२ बस्ने ४० वर्षीय धिरबहादुर महरासहितका कारमा सवार अन्य तीन जना भने सकुशल छन् ।
