कञ्चनपुर : कञ्चनपुरमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ ।
आइतबार कृष्णपुर नगरपालिका-७ कलुवापुरका ३२ वर्षीय पदम रानाको चट्याङ लागेर मृत्यु भएको हो ।
आफ्नो घरको अगाडि आँगनमा बसेको बेला चट्याङ लागेर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक उमेश राज जोशीले जानकारी थिए ।
