सुर्खेत : कर्णाली प्रदेश स्तरीय राष्ट्रिय दलित गोलमेच सम्मेलनको अन्तरक्रिया तथा भेला कार्यक्रम सम्पन्न भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा पूर्व राजदूत डाक्टर निर्मल विश्वकर्माको प्रमुख अतिथ्यमा उक्त अन्तरक्रिया तथा भेला कार्यक्रम सम्पन्न भएको हो ।
गोलमेच सम्मेलनका प्रवक्ता अग्निसिखा, सुर्खेत जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनार विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा नेता, प्रतिनिधिहरू कर्मचारी, बुद्धिजीवी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
यस्तै कर्णाली प्रदेश स्तरीय १७ जनाको समन्वय समिति पनि गठन गरिएको छ ।
जसमा संयोजक डम्बर नेपाली सचिव नारायण बिक रहेका गोलमेच सम्मेलन केन्द्रीय प्रवक्ता अग्निसिखा दलितका लागि दलित अभियान केन्द्रीय समिति भारतका सदस्य तथा वित्थडचिर प्रवासी दलित एकता समाज केन्द्रीय समिति प्रवक्ता सुसिल ओखेडाले बताएका छन् ।
