स्थानीय तहका कर्मचारीले दिए मुख्यमन्त्री कार्यालयको अगाडि धर्ना

सुदूरपश्चिममा मुख्यमन्त्री कार्यालय अगाडि स्थानिय तहका कर्मचारिहरुले फेरि धर्ना गरेका छन।

सरकारले ल्याउन लागेको प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै सोमवार मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारिहरुले धर्ना दिएका हुन्। होलीको बिदाका समयमा आन्दोलन रोकेका उनीहरू फेरि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना बसेका छन्।

सुदूरपश्चिम प्रदेश विधायन तथा प्रदेश मामिला समितिद्वारा तयार गरिएको स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको प्रतिवेदनलाई हुबहु पारित गराउने प्रक्रियाविरुद्ध विभिन्न समूह वा खेमाबाट दबाब भइरहेको हुँदा धर्ना थालिएको सुदूरपश्चिम प्रदेशका स्थानिय तहका कर्मचारी संघर्ष समितिका अध्यक्ष गम्भीरसिंह साउँदले बताए।

उनका अनुसार स्थानीय तहका कर्मचारीका सेवासुविधा कटौती हुने अवस्था रहेको हुँदा ८८ वटै पालिकाबाट धर्ना कार्यक्रमका लागि कर्मचारीलाई धनगढी बोलाइएको हो।

Nabadurga Sunchadi
Loading...