स्ववियु निर्वाचनको मुखैमा बैतडीको सेटीगाँउ बहुमुखी क्याम्पसमा तालाबन्दी

बैतडी: स्ववियु निर्वाचनको मुखैमा बैतडीको एक क्याम्पसमा तालाबन्दी गरिएको छ । जिल्लाको गोकुलेश्वरमा रहेको सेटीगांउ बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको हो ।

क्याम्पस प्रशासनले मनोमानी ढंगले एकलौटी ढंगबाट नेबिसंघ र क्रान्तिकारीलाई परिचयपत्र दिएको भन्दै अनेरास्ववियुले तालाबन्दि गरेको एमाले जिल्ला कमिटी सदस्य अनेरास्ववियु सह–इन्चार्ज नरेन्द्र नाथले जानकारी दिए ।

क्याम्पसमा विद्यार्थी भर्ना म्याद सकिएको १० दिन पछि फर्जि विद्यार्थी भर्ना गरेको र मतदाता अनुसार परिचयपत्र बितरण गरौ भन्दा क्याम्पस प्रसासनले नमानेपछि तालाबन्दी गरिएको नाथले बताए । उनका अनुसार नेबिसंघ र क्रान्तिकारीले हार्ने मनसायका कारण क्याम्पस प्रसासनले परिचयपत्र एकमुष्ट रुपमा नेबिसंघ र क्रान्तिकारीलाई दिदा अनेरास्ववियुले तालाबन्दी गरेको र फर्जि विद्यार्थी भर्ना खारेज गर्न र कब्जा गरिएका परिचयपत्र फिर्ता गरी सम्बन्धित विद्यार्थीलाई बितरण गर्न माग गर्दै तालाबन्दी गरिएको हो ।

भोली चैत ५ गते त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन हुँदैछ ।

Nabadurga Sunchadi
Loading...