अत्तरिया : कैलालीको गोदावरीका एक युवकको शव फेला परेको छ । मंगलबार बिहान गोदावरी नगरपालिका-६ हरैयामा अन्दाजी २८ वर्षका युवकको शव फेला परेको हो ।
युवकको सडक किनारामा रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए ।
उनले युवक गौरीगंगाको मोया भन्ने ठाउँको भएको स्थानीयले बताए पनि यकिन हुन नसकेको बताए । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।
