धनगढीको ऐश्वर्य क्याम्पसमा १ हजार बढी मत खस्यो, फर्जी मत हाल्न गएका विद्यार्थी भने पक्राउ

धनगढी: धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा एक हजार चार सय तीन मत खसेको छ ।
स्ववियुको नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहानदेखि भएको निर्वाचनमा एक हजार चार सय तीन मत खसेको निर्वाचन समितिले जनाएको छ । सर्वदलीय बैठकपछि आजै मतगणना गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ ।
मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएपनि एक जना फर्जी मत हाल्न गएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–४ बस्ने २५ वर्षीय भोजराज भट्ट रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
उनकाअनुसार उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी भएको खुलेको छ ।
फर्जी मत हाल्न मतदान केन्द्रमा पुगेपनि मत खसाल्न नपाउँदै उनलाई पक्राउ गरिएको डीएसपी बोहराले बताए ।

Nabadurga Sunchadi
Loading...