धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले राष्ट्रिय परिचयपत्र वितरण गर्न १३ वटै स्थानीय तहमा कर्मचारी परिचालन गरेकाे छ ।
राष्ट्रिय परिचयपत्रका लागि आवेदन फारम भरेका नागरिकलाई वितरण गर्ने सबै पालिकामा टाेली खटाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जाेशीले बताए ।
जाेशीकाअनुसार परिचयपत्र लिएर स्थानीय तहमा पुगेका कर्मचारीले आज बुधबारदेखि वितरणकाे काम गर्नेछन् । सर्वसाधारणले स्थानीय तहकाे कार्यालय तथा पालिकाले व्यवस्थापन गरेकाे ठाउँमा पुगेर परिचयपत्र प्राप्त गर्नेछन् ।
केही दिनसम्म परिचयपत्र वितरणकाे काम गरिनेछ ।साे अवधिमा परिचयपत्र नबुझ्नेकाे कार्ड जिल्ला प्रशासन कार्यालयमै राखिनेछ । त्यसपछि सम्बन्धित व्यक्तिले प्रशासन कार्यालयमै पुगेर परिचयपत्र लिनुपर्नेछ ।
