कैलालीका ५ क्याम्पसमा नेविसंघ र ४ मा अखिल क्रान्तिकारी विजयी

अनेरास्ववियु निल

धनगढी : त्रिभुवन विश्वविद्यालय अन्तरगतका कैलालीका ९ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नतिजा सार्वजनिक भएको छ । नेपाली कांग्रेस सम्बद्ध नेविसंघ ५ क्याम्पसमा विजयी भएको छ भने नेकपा माओवादी केन्द्र समद्ध अखिल (क्रान्तिकारी) ४ क्याम्पसमा विजयी भएको छ । नेकपा एमाले समद्ध अनेरास्ववियु भने कैलालीमा निल भएको छ ।

नेविसंघबाट धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा दिपकराज भट्ट, फूलबारी बहुमुखी क्याम्पसमा भुवन जोशी, भजनीको मोहन्याल बहुमुखी क्याम्पसमा झंकर बुढा, जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा रञ्जित परियार र टीकापुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा गोपाल खत्री सभापतीमा विजयी भएका छन ।

यस्तै, अखिल क्रान्तिकारीबाट लम्की बहुमुखी क्याम्पसाा तपेद्र प्याकुरेल, बुलबुले बहुमुखी क्याम्पसमा विवेक चौधरी, सुखडको राष्ट्रिय कलेजमा सुन्दर गौतम र खप्तड बहुमुखी क्याम्पसमा सागर चौधरी सभापतीमा विजयी भएका छन ।

चौमाला बहुमुखी क्याम्पसको सभापतिमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमार जोशीले समान १५५ मत ल्याएका छन । त्यहाँ के गर्ने भन्ने विषयमा टुङ्गो नलागेको निर्वाचन अधिकृत रमेश भट्टले बताए ।

Nabadurga Sunchadi
Loading...