अत्तरिया: कैलालीको गोदावरी नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु भएको छ। नगरपालिकाले बिहीबारदेखि वडा नम्बर १ बाट परिचय पत्र वितरण कार्य सुरु भएको हो ।
नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७८,०७९ मा सञ्चालित राष्ट्रिय परिचय पत्र दर्ता अभियान अन्तर्गत फारम भरेका नागरिकहरूलाई कार्ड वितरण गरिँदैछ। उक्त परिचय पत्र वितरण कार्य अन्य वडाहरूमा भईरहेको छ ।
