धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) सार्वजनिक बिदा दिएको छ।
रानाथारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’ को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको राजपत्रमा चैत ८ गते प्रदेशभर बिदा रहेको उल्लेख छ।
रानाथारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा मनाउने गरेका छन् ।
