अत्तरिया : बझाङमा जिप दुर्घटना भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका १ खैराडीबाट तमेलतर्फ आउँदै गरेको ०२००१ ज ०५७३ नम्बरको जिप दुर्घटना भएको हो ।
जिप दुर्घटनामा जयपृथ्वीनगर नगरपालिका ७ सुबेडाका चालक २१ वर्षीय लोकेन्द्र बहादुर थापा घाइते भएका छन ।
जिप एक्कासी ब्रेक फेल भई सडकबाट १० मिटर तल खसको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठकुन्नाले जानकारी दिए । चालक थापाको दाहिने खुट्टामा र शरीरमा सामान्य चोट लागेको थियो ।। घाइते चालकलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । उक्त जिपमा चालक मात्रै रहेको समेत बताएको छ ।
