गोदावरी-९ मा एमालेको वडा केन्द्रित जरा अभियान शुरु

अत्तरिया : नेकपा एमालेले शुरु गरेको वडा केन्द्रित जरा अभियान कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ मा शुरु भएको छ । गोदावरीमा फागुनको १५ गतेबाट शुरु भएको अभियान आज वडा नम्बर ९ मा पनि प्रारम्भ गरिएको हो ।

वडा कमिटी अध्यक्ष कुमार जप्रेलको अध्यक्षतामा शुरु भएको अभियानमा पार्टिका केन्द्रिय सल्लाहकार परिषद सदस्य तथा गोदावरी नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि सिं साउँद प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा नगर अध्यक्ष सन्तोष सिंह लगायत नगर, जिल्ला, प्रदेशका नेताहरु र वडा कमिटीका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

पार्टि केन्द्रको निर्देशन अनुरुप ११ गते देशभरका सबैवडाहरुमा एकसाथ गरिने जनसचेतना कार्यक्रमका बारेमा छलफल गरिएको नगर अध्यक्ष सिंहले बताए । उनले गोदावरीमा फागुन १५ गतेबाट शुरु भएको वडा केन्द्रित जरा अभियान अहिले व्यापक रुपमा वडाहरुमा सञ्चालन भईरहेको बताएका छन् ।

नेताहरु वडामा पुगेर सरकारले गरिरहेका काम र पार्टीका अभियान बारे जानकारी गराउनुका साथै टोल कमिटि गठन, कार्यकर्ता र जनतासंग भेटघाट, पार्टिको सदस्यता नविकरण, सदस्यता वितरण र जनताका समस्या बुझ्ने र समाधानका उपायबारे छलफल समेत गरिरहेका छन् । चैत मसान्त सम्म जरा केन्द्रित अभियान जारी रहने भएको छ ।

Nabadurga Sunchadi
Loading...