सिवाईसी स्पोर्ट्स लिगका खेलहरु सम्पन्न, शनिबार एक कार्यक्रमका बिच प्रतियोगिताको समापन

सिवाईसी स्पोर्ट्स लिग फुटबल प्रतियोगिताको उपाधि सिवाईसी बुढीतोला जिरो पोईन्टलाई

अत्तरिया : गोदावरी नगरपालिका अत्तरियामा रहेको सृजनशील युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण विभिन्न विधामा सिवाईसी स्पोर्ट्स लिग खेलहरु सम्पन्न भएका छन् । शनिबार सम्पन्न भएको सिवाईसी स्पोर्ट्स लिगको अन्तिम खेल फुटबल प्रतियोगिताको उपाधि सिवाईसी बुढीतोला जिरो पोइन्टले हात पारेको हो ।

अन्तिम खेल सिवाईसी बुढीतोला जिरो पोइन्ट र सिवाईसी भल्का धाम बिच भएको थियो । सिवाईसी बुढितोला जिरोपोईन्टले सिवाईसी भल्का धामलाई २-१ गोलले हरायो । फुटबल प्रतियोगिता खेल अवधि भरी उत्कृष्ट खेल प्रदर्शन गर्दै प्लेयर अफ दि सिरिज सन्तोष कार्की भएका थिए । भने कार्कीले प्रतियोगिता अवधि भरि ६ गोल हानेका थिए ।
शनिबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिका वडा नं. १ का वडाअध्यक्ष गोपालदत्त भट्टको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन गरिएको हो ।

फागुन १९ गते देखि सञ्चालन भएको मैत्रीपूर्ण विभिन्न विधामा सिवाईसी स्पोर्ट्स लिग खेलहरु मध्ये क्रिकेट प्रतियोगितामा सिवाईसी हाटखोली गाजरी विजयी भएको थियो, भने भलिबल प्रतियोगितामा सिवाईसी लामीताल र फुटबल प्रतियोगितामा सिवाईसी बुढीतोला जिरो पोइन्ट विजयी भएको छ ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सृजनशील युवा क्लबका पदाधिकारी, खेलाडी, स्थानीय समाजसेवी तथा नगरपालिकाको महत्वपूर्ण भूमिका रहेको बताउदै क्लबका अध्यक्ष नर बहादुर राईले धन्यवाद ज्ञापन गरेका छन् ।

केही वर्षदेखि सञ्चालन गर्न नसकिएको खेललाई पुनः निरन्तरता दिन क्लबले यसै वर्षदेखि सक्रिय रूपमा खेल गतिविधि सञ्चालन गरिएको क्लबका उपाध्यक्ष शर्मानन्द भट्टले बताए । उनले खेलकुदमार्फत गोदावरी नगरपालिकाका पर्यटकीय क्षेत्रहरूलाई चिनाउने प्रयास भइरहेको साथै खेल क्षेत्रको प्रवर्द्धनसँगै पर्यटनको विकास गर्ने उद्देश्यले मैत्रीपूर्ण खेल प्रतियोगिता आयोजना गरिएको बताए ।

गोदावरी नगरपालिका भित्र खेलकुदको प्रवर्द्धन गर्दै यस क्षेत्रको पर्यटन विकासमा सहयोग र पर्यटकीय स्थलहरूको प्रचार-प्रसार गर्ने उद्देश्यले गोदावरीका ८ पर्यटकिय क्षेत्रका नाम समेटिने टिम सहित विभिन्न खेल प्रतियोगिता आयोजना गरिएका थिए । जसअन्तर्गत सीवाइसी गोदावरी धाम, सीवाइसी हाटखोली(गाँजरी, दोगडे(फुलबस्ती, सीवाइसी बुढितोला जिरो पोइन्ट, सीवाइसी लामिताल, सीवाइसी नायल ताल, सीवाइसी मछेली खोला र सीवाइसी भल्का धाम टिम रहेका थिए ।  प्रतियोगितामा २ लाख पुरस्कार राशि राखिएको थियो ।

२०५८ सालमा स्थापना भएको क्लवले स्थापना काल देखि सामाजिक रुपमा सक्रिय भएर विभिन्न कार्यक्रमका साथै स्थानीयहरुलाई उत्प्रेरित गर्नकालागि यस्ता मैत्रीपूर्ण खेलहरूको आयोजना गर्दै आइरहेको छ ।

स्पोर्ट्स लिगमा मुख्य प्रबन्धक गोदावरी नगरपालिका रहेको थियो भने सह(प्रायोजक निसर्ग हस्पिटल लगायतकाका संघसंस्थाहरुले सहयोग गरेका थिए ।

Nabadurga Sunchadi
Loading...