चुरेमा फाया नेपालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

फाया नेपालले चुरेका दुई वडामा निर्माण गर्यो स्वास्थ्यको भवन

अत्तरिया : कैलालीको चुरेमा फाया नेपालको बार्षिक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । आईतबार चुरे गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका विच ‘मातृ तथा बाल स्वास्थ्य व्यवहार प्रवद्र्धन परियोजना’ अन्तर्गत संस्थाले गाउँपालिकामा गरेका क्रियाकलापहरुको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

फाया नेपालका कार्यकारि निर्देशक शेर बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धना देवी थापा प्रमुख अतिथि रहेकी थिईन् । कार्यक्रममा विशिष्ट अतिथि आम्दामाईन्डस जापानको नेपाल कार्यालयका देशिय निर्देशक माइक्रो कोबायासी उप्रेती रहेकी थिईन् । कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र बहादुर लामिछाने मगर, ६ का वडाध्यक्ष प्रेम ब.साउँद, पालिकाका कर्मचारी, विभिन्न वडाका सहजकर्ता, महिला समुहका प्रतिनिधी, युवा क्लबका प्रतिनिधि, बिद्यार्थी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा परामर्शदाता पत्रकार रामहरि ओझाले सामाजिक परिक्षणको सहजिकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष थापाले कैलालीको बिकट ठाउँ चुरेलाई छनोट गरेर कार्यक्रम सञ्चालन गरिदिएकोमा माइक्रो कोबायासी उप्रेती र फाया नेपाललाई धन्यवाद व्यक्त गरिन् । उनले विकट क्षेत्र चुरेमा अधिकांश महिलाहरुका दुख र गर्भवती महिलाहरुले समयमै स्वास्थ्य सेवा नपाएको पिडा सुनाईन् । चुरे गाउँपालिका पहाडि क्षेत्रमा भएकाले सजिलो ठाउ नभएर अफ्ठ्यारो विकट ठाउँका बस्तीहरु रहेका बताईन् ।

यस्तै माइक्रो कोबायासी उप्रेतीले सुगम जिल्लाको विटक क्षेका महिलाहरुको दुःख देखेर र पालिकामा स्रोतको कमि भएकाले चुरेमा कार्यक्रम संचालन गरेको बताईन्। उनले आफहरु सहयोग गर्न आएकाले फाया नेपालले गरेका कामहरुलाई पालिका र सम्बन्धित निकायले दिगो बनाउन आग्रह गरिन् ।

फाया नेपालका कार्यकारि निर्देशक बस्नेतले ३ बर्षदेखी चुरे गाउँपालिकामा स्वास्थ्य, महिला सशक्तीकरण लगायतका क्षेत्रमा फाया नेपालले काम गरिरहेकोे बताए । उनले चुरेको वडा नम्बर २ खैरालामा स्वास्थ चौकि निर्माण गरेको र हाल वडा नम्बर ४ गर्भामा स्वास्थ्यको भवन निर्माण गर्नुका साथै बिभिन्न कार्यहरु गरिरहेको बताए । २०५१ सालमा स्थापना भएको संस्थाले स्वास्थ्य, शिक्षा, जीविकोपार्जन, विपद्जोखिम न्यूनीकरण, महिला सशक्तीकरण र जलवायु परिवर्तनका क्षेत्रमा ३० बर्षदेखि काम गर्दै आएको बताए । फाया नेपालले अहिले पनि विभिन्न सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसंगको साझेदारीमा काम गरिरहेको कार्यकारि निर्देशक बस्नेतले बताए ।

कार्यक्रममा सहभागिहरुले फाया नेपालले चुरेमा गरेका कार्यहरुको प्रसंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए । आम्दामाइन्डसका कार्यक्रम ब्यबस्थापक प्रदिप पन्तको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन फाया नेपालका कार्यक्रम निर्देशक लाल बहादुर महराले गरेका थिए ।

‘मातृ तथा बाल स्वास्थ्य व्यवहार प्रवद्र्धन परियोजना’ अन्तर्गत जापान सरकार परराष्ट्र मन्त्रालय आम्दामाईन्डसको सहयोग र चुरे गाउँपालिकाको समुन्वयमा फाया नेपाल धनगढीले व्यवस्थापन गरेको थियो ।

यस्तै कार्यक्रममा चुरे गाउँपालिकाको तर्फबाट गाउँपालिका उपाध्यक्ष थापाले आम्दामाईन्डसका माइक्रो कोबायासी उप्रेतीलाई बिदाई गर्दै मायाको चिनो पनि प्रदान गरेकी थिईन् ।

Nabadurga Sunchadi
Loading...