विराटनगर : प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन भएका छन् ।विराटनगरमा सम्पन्न १०औं महाधिवेशनमा पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । अधिवेशनले अध्यक्ष पाण्डेसहित ९९ सदस्यीय कार्य समिति चयन गरेको छ ।
उपाध्यक्षमा चेतन अधिकारी र महिला उपाध्यक्षमा कृपा भण्डारी, महासचिवमा हीरामान लामा, उपमहासचिवमा हरिवल्लभ नेपाल, सचिवमा विक्रम लुइँटेल, प्रदीप आचार्य, नरेश भण्डारी र विष्णु तारुके निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनले लेखा आयोग, अनुशासन आयोग, नीति तथा प्रशिक्षण आयोग र निर्वाचन आयोगका संयोजक पनि निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनमा १०९ मनोनीतसहित ९२३ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यस्तै कोशी प्रदेश इन्चार्जमा नुतन श्रेष्ठ, मधेशमा अच्युत पौडेल, बागमतीमा प्रतिमा सिलवाल, गण्डकीमा गणेश पौडेल, लुम्बिनीमा टीकाबहादुर बस्नेत, कर्णालीमा याम शर्मा र सुदूरपश्चिममा दिलबहादुर छन्त्याल चयन भएका छन् । उपत्यका प्रदेशमा हेमराज सिलवाल, प्रतिष्ठानमा यसिमा महत र एसोसिएटमा रघुनाथ सापकोटा चयन भएका छन् । यद्यपि महतले प्रदेश इन्चार्ज अस्वीकार गरेको बताएकी छिन् । बाँकी ८० जना केन्द्रीय सदस्यमा चयन भएका छन् ।
नेकपा एमालेनिकट प्रेस चौतारीमा चुनावी प्रक्रियाबाट नेतृत्व चयन नगरिएको भन्दै एउटा पक्ष भने असन्तुष्ट बनेको छ ।
