अत्तरिया : कैलालीको गोदावरीमा सवारी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
गोदावरी नगरपालिका-२ तेघरी आर्मी ब्यारेक नजिक सुदूरपश्चिम प्रदेश ०१-००७ प ९२८९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भइ दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका-२ तेघरी बस्ने मनोजबहादुर मल्ल र दार्चुलाको मालिकार्जुन गाउँपालिकाकी सुनीता बोहरा घाइते भएका इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ । घाइते दुबै जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ ।
यस्तै, गोदावरी नगरपालिका-५ गेटा मेडिकल कलेज नजिक सुदूरपश्चिम प्रदेश०२००१ ज ०५४९ नम्बरको विङ्गरलाइ सुदूरपश्चिम प्रदेश०१-०१२ प ९९२१ प ९९२१ नम्बरको मोटरसाइकले पछाडीबाट ठक्कर दिँदा ४० र ४५ वर्षीय २ परुष घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुबै जनाको नवजिवन अस्पताल धनगढीमा उपचार भरहेको जनाइएको छ ।
