अछाममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अछाम : अछाममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

अछामको मंगलसैन नगरपालिका-५ स्थित खाध्या मोड नजिकै मध्य पहाडी लोकमार्गमा ठुलासेनबाट मंगलसैन तर्फ जादै गरेको से ७ प १४६९ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा चालक मंगलसैन नगरपालिका-१ कुन्ति बस्ने २० वर्षीय जिवन थापाको मृत्यु भएको हो ।

दुर्घटना हुँदा थापा घाइते भएपछि उपचारको लागि जिल्ला अस्पताल मंगलसैनमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने १७ वर्षीय चेतन थापा घाइते भएका छन् । चेतनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भईरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल अनियन्त्रित भई सडकबाट अन्दाजी ३५ मिटर तल तल्लो मोडमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...