धनगढी : कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन् ।
टीकापुर नगरपालिका-९ खक्रौला स्थित चेक पोष्टबाट टीकापुर नगरपालिका-७ नारायणपुर बस्ने २४ वर्षीय अरूण श्रीवास्तव र सोही ठाउँ बस्ने २२ वर्षीय संजय बिष्ट लागूऔषधसहित पक्राउ परेका छन् ।
श्रीवास्तवले चलाएको से ६ प ६५९१ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा १ ग्राम ७९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी उक्त पदार्थ, स्कुटी र स्कुटी पछाडी बिष्टलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
यस्तै बिशेष सूचनाको आधारमा कैलालीको गोदावरी नगरपालिका-८ स्याउले स्कुलटोल बस्ने २५ वर्षीय सुनिल बम र सोही ठाउँ बस्ने २१ वर्षीय प्रकाश भुल लागूऔषधसहित पक्राउ परेका छन् । बमको घरकोठा खानतलासि गर्दा २ ग्राम २८० मिलिग्राम खैरो हेरोइनफेला पारी दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनगढी उपमहानगरपालिका १ बसन्त टोलबाट सोही ठाउँ बस्ने २६ वर्षीय बिरेन्द्र चौधरीलाई ५० मिलिग्राम खैरो हेरोइनसहित अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
