अत्तरिया : कैलालीको गोदावरी नदिमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका-३ स्थित गोदावरी नदीमा डुबेर स्थानीय १५ वर्षीया पूजा सार्कीको मृत्यु भएको हो ।
आज साथीहरुसँग नदीमा नुहाउँन गएकी पूजा पानीमा डुबेर घाइते भएकी थिइन् । घाइते पुजालाइ स्थानीयले उद्दार गरि मालाखेती अस्पताल पु¥याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले जानकारी दिए ।
