भारतको दिल्लीमा ज्वलन्त स्मृति क्लबको उप-समिति गठन, अध्यक्षमा रमेश पहरी

दिल्ली : भारतको दिल्लीमा ज्वलन्त स्मृति क्लबको उप-समिति गठन भएको छ । सुदुरपश्चिम प्रदेशको बझाङ्गको बित्थडचिर गाउँपालिकामा बिगत दुई बर्ष देखि सञ्चाल हुदै आएको क्लबको भारतमा पनि उप-समिति गठन भएको हो ।

सोमबार भारतको नयाँ दिल्ली स्थित कनाटप्लेसको सेन्ट्र्ल पार्कमा बित्थडचिर गाउँपालिकाका करिब ३० जनाको उपस्थितीमा उक्त पालिकाको वडा नम्बर १ र ९ लाई समेटीने गरी रमेश पहरीको अध्यक्षतामा क्लबको उप-समिति गठन गरिएको छ । सर्वसम्मत चयन गरिएको समितिको उपाध्यक्ष दिपक बि.क, बरिष्ठ उपाध्यक्षमा शंकर बि.क, सचीवमा प्रकाश बि.क, सह-सचिवमा सुसिल ओखेडा र कोषाध्यक्षमा पुजा ओखेडा चयन भएका छन् । यस्तै सदस्यहरुमा वकिल ओखेडा, दीपक ओखेडा र सागर बि.क चयन भएका छन् ।

यस्तै गोबिन्द बि.क प्रमुख सल्लाहकार र धन सिंह खडायत बरिष्ठ सल्लाहकार रहने गरी सल्लाहकार समिती पनि चयन गरिएको छ । उक्त समितीमा जैदन बि.क, राहुल बि.क, अर्जुन बि.क, नरेश ओखेडा र शेर सिंह बि.क चयन भएका क्लबका प्रबास दिल्लीका सहसचिव सुशील ओखेडाले जानकारी दिए ।

उक्त उप-समिति गठन पश्चात उपस्थिति बुद्धिजीबी, नेतागण, समाजेबीहरुले भारतमा गठन भएको उक्त क्लबको उप-समितिको सञ्चालक समिति र सल्लाहकार समितीलाई टिका र दोसल्लाले सम्मान तथा बधाई ज्ञापन गरेका थिए ।

ज्वलन्त स्मृति क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको ओखेडाले बताए । उनले बित्थडचिर गाउँपालिकामा स्थायी रुपमा बसोबास भई हाल रोजगारीको शिलशिलामा अस्थाई रुपमा भारतको नया दिल्लीमा बसोबास गरेकाहरुले ज्वलन्त स्मृति क्लबको उप-समिति गठन गरेको बताए ।

भारतको नयाँ दिल्लीमा गणतन्त्र, महिला, दलित, जनजाती, पिछडिएका बर्ग र परिवर्तनका लागि १० बर्षिय जनयुद्धमा सहिद भएका बित्थडचिर गाउँपालिका वडा न. ७ घर भएका सहिद स्व. धर्म .बि.क.(ज्वलन्त) को नामबाट ‘ज्वलन्त स्मृति क्लब’ गठन गरिएको थियो ।

Nabadurga Sunchadi
Loading...