अत्तरिया : कैलालीको गोदावरीमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
गोदावरी-३ मा रहेको डम्पीङ साईड नजिकैको रुखमा सोहि वडाका १९ बर्षिय विनोद विक झुण्डिएको अवस्थामा मृत फेला परेका ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार आज (बिहीबार) खएरको रुखमा विक झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ भने उक्त घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी थापाले बताएका छन् ।
