कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, २७ घाइते

धनगढी : कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका बालकको मृत्यु भएको छ ।

कैलारी गाउँपालिका-५ को मनिकापुरमा बेहडाबाबा मन्दिरको दर्शन गरेर फर्किरहेका भारतीय दर्शनार्थी चढेको नम्बर नखुलेको ट्याक्टर शनिबार दिउँसो दुर्घटना हुँदा घाईते भएका बालकको मृत्यु भएको हो ।

ट्याक्टरमा सवार भारतको लखिमपुर खिरीका ११ वर्षीय बालक आयुश बर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्का बताए ।

घाइते अवस्थामा सेती प्रादेशिक अस्पताल पुगाइएका बर्मालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक खड्काले बताए । दुर्घटनामा २७ जना घाइते भएका छ्न ।

घाइते मध्ये १२ जनाको सेती प्रादेशिक अस्पताल र १५ जनाको धनगढीकै निसर्ग हस्पिटलमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना गम्भीर, १२ जना मध्यम र १२ जना समान्य घाइते रहेको प्रहरीको भनाई छ । ट्याक्टर दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...