निर्मल निवासले बुझ्न अस्वीकार गरेपछि काठमाण्डाै महानगरले जरीवाना पत्र हुलाकमार्फत पठायाे

काठमाण्डाै : निर्मल निवासले बुझ्न अस्वीकार गरेपछि काठमाण्डाै महानगरपालिकाले जरीवाना पत्र हुलाकमार्फत पठाएको छ ।

आज बिहान महानगरको टोली निर्मल निवास पुगेको भए पनि पूर्वराजा ज्ञानेन्द्र शाहसँग सरोकारको विषय नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेपछि महानगरले हुलाकमार्फत पत्र पठाएको हो ।

शुक्रवार काठमाण्डाैमा भएको राजावादीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले भौतिक क्षति गरेको भन्दै विभिन्न शीर्षकमा गरी महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार रुपैयाँ बराबरको जरीवाना पत्र काटेको थियो ।

पूर्वराजा शाहकै निर्देशनमा आन्दोलन भएको ठहर गर्दै महानगरले ज्ञानेन्द्र शाह निर्मल निवासको नाममा पत्र पठाएको हो ।

Nabadurga Sunchadi
Loading...