कैलालीका पत्रकारहरुले हातमा कालोपट्टी बाधेर गरे बिरोध

अत्तरिया : कैलालीका पत्रकारहरुले आईतबार हातमा कालोपट्टी बाधेर विरोध जनाएका छन् । केन्द्रिय कार्यक्रम अन्तरगत आइतबार धनगढी, अत्तरिया, सुखड, बौनिया, लम्की र टीकापुरका पत्रकारहरुले पनि हातमा कालोपट्टी बाधेर कार्यक्षेत्र र कार्यकक्षमा  काम गरेका हुन् ।

एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको आन्दोलनका क्रममा हत्या भएपछि पत्रकारहरू आन्दोलित भएका छन् । पत्रकारको हत्या तथा संचार गृहमा गरिएको आगजनी विरुद्ध पत्रकारहरू आइतबार हातमा कालोपट्टी बाधेर काम गरिरहेका थिए ।

आईतबार बिहान पत्रकार महासंघ कैलालीका सभा हलमा एक कार्यक्रम गरि सबैलाई कालोपट्टी प्रदान गरे बिरोध कार्यक्रमको सुरु गरिएको अध्यक्ष श्रवण देउवाले जानकारी दिए । महासंघ सभा हलमा समाहिक रुपमा जम्मा भएर सबैलाई आन्दोलनमा सहभागि हुन आह्वन गरेका थिए ।

पत्रकार महासंघको आन्दोलनको कार्यक्रम अनुसार आईतबार कार्यक्षेत्र र कार्यकक्षमा हातमा कालोपट्टी बाध्ने, सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको महासंघ कैलालीका सहसचिव शंकर बोहराले जानकारी दिए ।

Nabadurga Sunchadi
Loading...