डडेल्धुरामा जिपबाट खसेर एक महिलाको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ । आइतबार अमरगढी नगरपालिका-८ डकलेमा जिपबाट खसेर अमरगढी नगरपालिका-८ की २६ वर्षीया निर्मला भूलको मृत्यु भएको हो ।

जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जिपबाट ओर्लिने क्रममा खसेर गम्भीर घाइते भएकी निर्मलाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रहरीले जिप र जिप चालक बैतडीको सिगास गाउँपालिका-५ ढुङ्गाडका ४० वर्षीय रामसिंह धामीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Nabadurga Sunchadi
Loading...