डोटी : डोटीमा जीपबाट खसेर एक जनाको मृत्यु भएको छ ।
सिलगढी नगरपालिका-१ को तिखामा दिपायलबाट आदर्श गाउपालिकातर्फ जाँदै गरेको सुपप्र ०१-००१ च ४११८ नम्बरको बोलेरो जिपबाट खसेर आदर्श गाउँपालिका-२ को कुचेडाका ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको हो ।
जीप पछाडी ढालामा बसेको अवस्थामा खसेर घाइते भएका उनको शैलेश्वरी अस्पतालमा उपचारकै क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
मृतक बोहरा सवारी धनी रहेका जनाईएको छ । जीप र चालक आदर्श गाउँपालिका-३ नुवाकोट बस्ने २३ वर्षीय विराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
