जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ८ बजेर ७ मिनेटमा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु जाजरकोटको पैंक क्षेत्र आसपास रहेको जनाइएको छ। यस भूकम्पको धक्का आसपासका जिल्ला र सुदूरपश्चिममा समेत महशुस गरिएको छ । शुक्रबार
यसअघि बिहीबार अपराह्न दार्चुलामा भूकम्प गएको थियो। केन्द्रबिन्दु अपी हिमाल क्षेत्र नजिक रहेको उक्त भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको थियो।
त्यस्तै, चैत १३ गते हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
