बैतडीमा शुक्रबार राति जीप दुर्घटना, ४ जना घाइते

बैतडी: बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन । जिल्लाको दशरथचन्द नगरपालिका– ११ नानिगाडमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका हुन। शुक्रबार राति देहीमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जीप दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका– ६ घर भएका जीप चालक ३५ वर्षीय राकेश कोली, सोही ठाउँका ५२ वर्षीय लालीराम कोली, पञ्चेश्वर–५ का ५४ वर्षीय चन्चले दयाल र दनपा १० की अन्दाजी ३० वर्षीया कविता परियार घाइते भएका छन् ।

घाइतेमध्ये चञ्चले दयालको अवस्था गम्भिर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जीप सडकबाट करिब ४० मिटर तल खसेको छ ।

Nabadurga Sunchadi
Loading...