अत्तरिया: कैलालीको अत्तरियामा अवस्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अन्तर्गतको ‘क्याम्पस स्टुडेन्ट्स सर्कल’ को अध्यक्षमा तारा नाथ ओझा चयन भएका छन् ।
‘स्कुल अफ डेमोक्रेसी’ कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेको उक्त सर्कलमा ओझालाई अध्यक्ष पदमा मनोनयन गरिएको हो । राजेन्द्र चटौतद्वारा हस्ताक्षरित मनोनयन पत्रमा भनिएको छ, “सिक्ने र सिकाउने प्रक्रियालाई आत्मसात गर्दै संस्था स्थापना गरिएको हो ।
संस्थाले समाजको लोकतान्त्रिकरणलाई अभियानका रूपमा अघि बढाएको छ । सो अभियानलाई प्रभावकारी बनाउँदै लैजान तपाईँको भूमिका महत्वपूर्ण ठानी अध्यक्ष पदको जिम्मेवारी दिइएको हो ।”
शुक्रवार प्रदान गरिएको मनोनयन पत्र तरुण दलका गोदावरी नगर उपसभापति ललित भट्ट र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कुवेर खड्काले ओझालाई हस्तान्तरण गरेका थिए ।
