कैलालीमा गौरीगङ्गा साझेदारी वनले ८० जनाभन्दा बढीलाई रोजगारी

कैलालीका स्थानीयले वनमा काठ र दाउरा काट्ने कामबाट रोजगारी पाएका छन । जिल्लाको गौरीगङ्गा नगरपालिका–९ का आइते भुल र घोडाघोडी–८ का रजुल चौधरीसहित ८० जनाभन्दा बढी स्थानीयले गौरीगङ्गा साझेदारी वनमा काठ र दाउरा काट्ने काममार्फत रोजगारी पाएका हुन ्। उनीहरूले दैनिक रु १,००० देखि १,५०० सम्म आम्दानी गरिरहेका छन्।
२०७८ सालमा स्वीकृत कार्ययोजना अनुसार गठन भएको वन समूह आन्तरिक विवादका कारण ढिलो कार्यान्वयनमा आएको हो। हाल ५४ हजार क्युफिट काठ र ४५ चट्टा दाउरा काट्ने काम भइरहेको छ।
यसअघि दुई वर्ष तलब नपाएका वन हेरालुहरू अहिले पारिश्रमिक पाउन थालेका छन्। साझेदारी वनमा ९ वन हेरालु, एक सचिव र एक सहयोगी कार्यरत छन्।
तीन हजार २० हेक्टर क्षेत्रफलमा फैलिएको वनमा ६,३२६ घरधुरी उपभोक्ता छन्। वन उपभोक्ता समूहमा ५० सदस्य छन्, जसमा सबै वडाबाट प्रतिनिधित्व गरिएको छ ।

Nabadurga Sunchadi
Loading...