दुर्गालक्ष्मीमा भोलि देखि हुने स्वर्ण महोत्सको तयारी पूरा, प्रदेश प्रमुखले उद्धघाटन गर्ने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माविले भोलि देखि आयोजना गर्न लागेको स्वर्ण महोत्सवको तयारी पूरा भएको छ ।

बिद्यालयले आज पत्रकार सम्मेलन मार्फत भोलि देखि २९ गतेसम्म सञ्चालन हुने ५०औं स्वर्ण महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो ।

महोत्सव सफल बनाउन विभिन्न समितिहरु बनाएर कामहरु भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले जानकारी दिए । प्रभातफेरीसंगै सुरु हुने स्वर्ण महोत्सवको भोली बिहान ८ बजे सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले उद्धघाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष शाहले बताएका छन् ।

तीन दिनसम्म विद्यालयले विविध कार्यक्रम गरि स्वर्ण महोत्सव मनाउन थालेको हो । महोत्सव सफल पार्न आ-आफ्नो क्षेत्रबाट सहयोग गरिदिन विद्यालयले सबैलाई आग्रह गरेको छ ।

Nabadurga Sunchadi
Loading...