कञ्चनपुर : डडेल्धुराबाट जन्तिलिएर कञ्चनपुर फिर्ता आइरहेको स्कारपियो दुर्घटना भएको छ ।
डडेल्धुराको परशुराम नगरपलिका-७ मलासबाट कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐठपुरमा जान्ति लिएर आइरहेको भारतिय नागरिकले चलाएको युके ०६ पिए ४२४९ नम्बरको स्कारपियो आइतवार राति ९ः४५ बजे भीमदत्त नगरपालिका-३ तिलकपुरमा दुर्घटना भएको हो । स्कारपियो दुर्घटना हुँदा दुलाह र दुलहीसहित ७ जना घाइते भएका छन् ।
घाइते हुनेमा बझाङको वित्थडचिर गाउँपालिका बस्ने २५ वर्षीय डम्मर खडायत, सोही ठाउँकी ३२ वर्षीया त्रिमली खडायत, डडेल्धुराको परशुराम नगरपलिका-८ की २२ वर्षीया शान्ति बोहरा, कैलालीको गोदावरी नगरपालिका-२ की २२ वर्षीया मनिषा धामी, गोदावरीकै १६ वर्षीया भुमिका धामी घाइते भएका छन् । यी ५ जना घाइतेहरुको मन्त्र अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको वडा प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
यस्तै भीमदत्त नगरपालिका-६ का २९ वर्षीय लक्ष्मण खडायत (दुलाह) र डडेल्धुराको परशुराम नगरपलिका-७ मलासकी २२ वर्षीया बशन्ति धामी (दुलही) घाइते भएका छन् । यी दुबै जना दुलाह र दुलही भने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । स्कारपियो चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
