कैलालीमा माेटरसाईकल दुर्घटना हुँदा चालककाे मृत्यु

धनगढी : कैलालीमा माेटरसाईकल दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ ।

कैलारी गाउँपालिका-७ काे रतनपुरमा ५३ वर्षीय अग्रेजबहादुर कुश्मीले चलाएकाे से ७ प ७२७५ नम्बरको माेटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते चाैधरीकाे नवजीवन अस्पतालमा उपचार भइरहेको थियाे । नवजीवनले उनलाई सेवा नर्सिङ हाेम नेपालगन्ज रेफर गरेकाे थियाे ।

चाैधरीकाे उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...